×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लगानीकर्ताका लागि खुसीको खबर, चन्द्र साउदलाई नेप्सेबाट बर्खास्त गर्न हुँदैछ यस्तो तयारी, लगत्तै अनलाइन आउने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बैंकलाई ब्रोकर लाइसेन्स दिने, अनलाइन ट्रेडिङ प्रणाली आउने प्रतिक्षामा बसेका लगानीकर्ताहरुलाई खुसीको खबर छ । कांग्रेसी नेतालाई झन्डै साँढे ३ करोड रुपैयाँ बुझाएर नेप्सेको हाकिम बनेका नयाँ शक्तिका नेता चन्द्र साउदलाई नेप्सेबाट गलत्याउने तयारी भएको खुलासा भएको छ । कमिसनको कुरा नमिल्दा अनलाइन ट्रेडिङ ल्याउन नदिएका साउद अव आफैं ‘उत्तानोटांङ’ पर्ने भएका हुन् । एक विश्वस्त स्रोतले दिएको जानकारी अनुसार फाल्गुन दोश्रो सातासम्म नयाँ सरकार बन्ने र नयाँ सरकार बन्ने वित्तिकै उनलाई इन्साइडर ट्रेडिङमा संग्लग्न भएको प्रमाणलाई टेकेर अभियोग लगाउने र त्यसपछि उनलाई बर्खास्त गर्ने तयारी सहितको प्लानिङ रिपोर्ट केपी ओलीसम्म नै पुगिसकेको छ । कांग्रेस नेतालाई झन्डै साँढे ३ करोड बुझाएका साउदको ‘मनि-मुभेमेन्ट’ पनि केहि ट्रयाक गरिसकीएकाले यो प्रक्रिया अगाडी बढीसकेको स्रोतको दावी छ ।
‘चन्द्र साउद भ्रष्ट हुन् भन्ने आन्तरिक रुपमा प्रमाणित भइसकेको छ । अख्तियारमा पुगेको इन्साइडर ट्रेडिङ सम्बन्धि मुद्धा उनले ‘मिलाउन’ प्रयास गरेको भएपनि उनको कर्तुतको भित्री तथ्य केपी निवाससम्म पुगिसकेको छ ।” स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो, ‘त्यसमाथि उनी यौनकाण्डमा समेत मुछिएको समाचारहरु पनि ‘बालकोट’ पुगिसकेका छन् ।’ बामपन्थी सरकार आएपछि तुरुन्तै देउवाले गरेका निर्णयहरुलाई छानी छानी फिल्टर गर्ने काम हुँदैछ । सोहि अभियानमा उनको नाम सातौँ नम्बरमा छ ।’ यद्यपी जता जता समस्या आउँछ त्यति त्यति पैसाले पेल्ने बानी भएका उनले थप करोडौं रुपैयाँ बामपन्थी नेतालाई नबुझाउलान् भन्न सकिन्न । करिव डेढ करोड रुपैयाँमा बन्ने सफ्टवेरको १४ करोड रुपैयाँ लिएको वाईको नामक भेन्डर कम्पनीले केहि रुपैयाँ अघिल्ला हाकिमलाई बुझाएका थिए भने साउदले उक्त कम्पनीबाट समेत मोटो रकम असुल्ने क्रममा रहेको नेप्सेकै अन्य कर्मचारीको दावी छ । 

अख्तियारको उजुरी कहाँ पुग्यो ?
चन्द्र साउदको बदमासीको प्रमाणसहित अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरी नेपाली पूँजी बजारको नियामक निकाय धीतोपत्र बोर्ड र अर्थ मन्त्रालय पुगेको थियो । स्रोतका अनुसार आरजु देउवा निकटका लागि घुस बुझाएर नेप्सेको हाकिम बनेका उनलाई देउवा गुटले समर्थन गरेपछि अर्थमन्त्रीसमत लाचार बनेका छन् भने धीतोपत्र बोर्डलाई पनि यो कुरामा कुनै पनि कारवाही अगाडी नबढाउन मौखिक निर्देशन दिइसकेका छन् । तर यो सबै प्रमाण केपी ओली निकटका अवका अर्थमन्त्रीका समेत प्रत्यासी रहेका नेताकहाँ पुगेपछि साउदलाई निकाल्ने तयारी भएको बुझिएको छ । कांग्रेस सरकार ढलेपछि साउदले पैसा बुझाएकाहरु पनि ढल्ने र यो प्रक्रिया अगाडी बढाउन सजिलो हुने स्रोतको दावी छ । 
नेप्सेमा साउदलाई जीएम बनाइदिने व्यक्ति म नै हुँ भन्दै आफुलाई देउवाको नजिक बताउने केहि कांग्रेसी ‘दलाल’हरुले करोडौं रुपैयाँ घुस खाएको तथ्य पनि बाहिर आएको थियो । चुनावका बेला कांग्रेस र नयाँ शक्ति मिलेर चुनावी अलाइन्स गर्ने सहमति भएका बेला यसको फाइदा साउदले उठाएका थिए भने उनी सुदुरपश्चिमका भएकाले पनि उनलाई कुराकानी गर्न सजिलो भएको थियो । यो बीचमा साउद खाँटी कांग्रेस भन्ने भ्रम धेरैमा थियो । साउद माओवादी छाडेर केहि समय अघि नयाँ शक्ति नेपालमा आवद्ध भएका थिए । यो बीचमा बाम एकता गर्ने कुरा बाहिर आएपछि बाबुरामले आफुलाई गठबन्धनभित्रै समस्या भएको र गोरखामा कांग्रेससँग मिलेर जाने योजना सुनाउने क्रममा बाबुराम भट्टराइले साउदको नाम समेत लिएको कुरा बाहिर आएको थियो । 

कमिसनको कुरा मिले केहि सातामै अनलाइन, कुरा नमिले उनलाई निकाले लगत्तै अनलाइन आउने !
यसो त वाईको ले अनलाइन प्रणाली बनाइसकेको छ । लगानीकर्ताले सोचेको जस्तो अनलाइन प्रणाली नभएपनि १४ करोड रुपैयाँ लिएर र झन्डै ६० % भन्दा बढी घुस बुझाएर बाँकी रहेको रकमले कम्पनीले ‘नाम मात्र’को अनलाइन तयार गरेको छ । यो बीचमा गत कार्तिक २१ गतेदेखि आउने भनेर तयारी गरिएको अनलाइन साउदसँग कमिसनको कुरा नमिलेर अड्किएको वाईकोकै कर्मचारीहरु बताउँछन् । आफुले घुस यसअघि नै बुझाइसकेको दावी वाईकोले गरिरहेको छ भने साउदले आफुलाई पनि घुस चाहिने अडान व्यक्त गरिरहेका छन । यो कमिसनको कुरा मिल्यो भने केहि सातामै अनलाइन आउने पक्का छ भने नत्र उनलाई निकालेपछी नयाँ सरकार आउने बितिक्कै अनलाइन आउने पक्कापक्की भएको स्रोतको दावी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: