काँग्रेस र माओवादी केन्द्रले सँगै सामानुपातिक सूची बुझाउँदै

काठमाडौं - नेपाली काँग्रेस र माओवादी केन्द्र अाज समानुपातिक सांसदको सूची बुझाउने तयारी गरेका छन् ।

अाज अन्तिम दिन भएकोले कांग्रेस, माओवादी र मधेसकेन्द्रित दलहरु निर्वाचन आयोगमा सूची बुझाउने तयारीमा जुटेका छन् । सूची बुझाउन साँझ पाँच बजेसम्मको समय निर्धारण गरिएको छ ।

समानुपातिक सूचीको मापदण्डअनुसार सूची नअाए निर्वाचन अायोगले फेरि सच्चाउन भन्नेछ । सूचीलाई अन्तिम रुप दिन नेपाली काँग्रेसले बिहान कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

सामानुपातिकतर्फ ४० सिट पाएको कांग्रेसले २० जना महिला पठाउनु पर्नेछ । यसैगरी माओवादीले १७, संघीय समाजवादी फोरम र राजपाले ६–६ सिट पाएका छन् ।
प्रकाशित : Monday, February 12, 2018
,

recent

Popular Posts