×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जापानले भिसा नदिएपछि नेपाल आइडलका उत्कृष्ट ३ को कार्यक्रम स्थगित, आयोजकले लुकायो भित्री कुरो !

काठमाडौँ- नेपाल आइडलका उत्कृष्ट ३ ले जापान जान भिजा नपाउँदा कार्यक्रम नै स्थगित भएको छ । एनआरएनए जापानको आयोजनामा ‘हिमालय ल्होसार नाइट’ कार्यक्रम तय भएअनुसार टप थ्री बुद्ध लामा,प्रताप दास र निशान भट्टराई जापान जाने तयारीमा भएपनि उनीहरुले भिसा नपाएपछी कार्यक्रम नै स्थगित भएको हो । 
विश्व टुरमा निस्किएका नेपाल आइडलका बुद्ध, प्रताप र निशानलाई जापान प्रेवश गर्न भने जापान सरकारले रोकिदिएको छ । बुद्ध, प्रताप र निशानसँगै नेपाल आइडलका प्रतिस्पर्धी सन्ध्या जोशी, केन्जलमेहर श्रेष्ठ, मोडल एलिशा राई, उद्घोषक सुशिल नेपाल पनि जापान जाने तयारीमा रहेका थिए । यता आयोजकले भने यो तथ्यलाई लुकाउन खोजेको छ । आयोजक एनआरएनए जापानले भने विज्ञप्ति निकाल्दै समय अभावका कारण कार्यक्रम स्थगित गर्न बाध्य भएको बताएको छ ।,
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: