×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एमाले कार्यकर्ताको भर्तीकेन्द्र बन्यो ‘कामना सेवा विकास बैंक’, भ्याकेन्सी नौटंकी मात्रै, भित्रभित्रै राखियो आफ्ना मान्छे !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- केहि समयअघि विभिन्न पदमा भ्याकेन्सी खोलिएको भएपनि कामना सेवा विकास बैंकले बैंकमा एमालेका कार्यकर्ताहरुमात्र ‘भर्ती’ गरेको खुलासा भएको छ । बैंककै एक विश्वस्त स्रोतले दिएको जानकारी अनुसार बैंकले भ्याकेन्सी आवेदन लिने, लगायतका काम औपचारिक रुपमा मात्र गरेर छानी छानी विभिन्न एमाले नेताहरुले ‘रिफर’ गराएको मान्छे मात्र बैंकमा राखेको खुलासा भएको छ । 
‘पहिला अनुभवी व्यक्तिहरु मागियो । अहिले फ्रेसरहरु भर्ती गरियो । त्यो पनि जो-जो एमाले कार्यकर्ता हुन् भन्ने थाहा छ, तीमात्रै ।’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बैंकको एक विश्वस्त स्रोतले भन्यो । उनका अनुसार बजारमा योग्य मान्छेहरु हुँदा हुँदै पनि बैंकले छानी छानी आफ्ना मान्छेहरुमात्र बैंकमा भर्ती गरेको छ । अध्यक्ष सुदीप आचार्य, र सीइओ महेश काफ्लेको मिलेमतोमा छानी छानी एमाले कार्यकर्ता उक्त बैंकमा भर्ती गरिएको बुझिएको छ । स्रोतका अनुसार डेपुटी सीइओ उमेश कुमार आचार्य, डेपुटी जनरल मेनेजर हरि प्रसाद लम्साल र तुबराज बास्तोला मिलेर बैंकमा मनपरी ढंगले आफ्ना मान्छेमात्र ‘घुसाउने’ काम भएको छ । यता यस काममा बैंकका एचआर मेनेजर दण्डपानी भट्टराइ भने ‘लाचार’ देखिएका छन् ।
यता बैंकमा यसबारेमा बुझ्न खोज्दा भने कोहि पनि सम्पर्कमा आएनन् ।  हामीले बैंकमा एमालेका कार्यकर्तामात्र भर्ती गरेको भन्ने विषयबारे बुझ्न बैंकको ०६१ ५३९६७२ मा सम्पर्क गर्दा फोन उठेन । तर अनुभवी व्यक्ति मागेर फ्रेसरहरुलाई राखेको भन्दै बैंक विरुद्ध राष्ट्र बैंकमा उजुरी गर्ने तयारीमा आफु रहेको बैंककै उपल्लो तहका एक कर्मचारीले अर्थ सरोकारलाई बताएका छन् । बैंकहरुमा राजनीतिक भर्ती रोकिनुपर्ने उनको तर्क छ ।

यता तुबराज बास्तोलाले भने उक्त काममा आफ्नो कुनै पनि संग्लनता नभएको दावी गरेका छन् । ‘त्यो मेरो क्षेत्र पनि फोइन, म त्यो समितिमा पनि छैन । त्यसैले मेरो यो कार्यमा कुनै पनि संलग्नता छैन । अव साथीहरुले के गरे, त्यो मलाइ थाहा छैन। ‘ अर्थ सरोकारको समाचार प्रकाशन पछि आफ्नो नाम उल्लेख भएकोमा आफ्नो भनाइसमेत राखिदिन आग्रह गर्दै उनले भने ।       

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: