×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पश्चिमाञ्चल फाइनान्समा यस्तो ठगी : ४ करोड रुपयाँ लिएर भागे ठगहरु, म्याग्दीका सोझा जनता यसरी फसे !

हाल कुमारी बैंकमा गाभिएको पश्चिमाञ्चल फाइनान्सभित्र भएको ठगी काण्डको पर्दाफास भएको छ । ठगहरूको एउटा गिरोहले म्याग्दीका चार दर्जनभन्दा बढी व्यक्तिलाई सित्तैमा घडेरी दिएर फाइनान्सबाट चार करोड रुपैयाँ लिएर भागेका छन् । आफ्नो स्वामित्वको सस्तो जग्गा अरुको नाममा पास  गरिदिएर तिनै व्यक्तिको नाममा बैंकबाट ऋण निकालेर आफूले प्रयोग गरी फरार भएका हुन् ।
सो गिरोहले मिलेमतो गरेर धितोमा राखेको कमसल घडेरी र जग्गालाई बढी मूल्यांकन गराई ऋण निकालेर फरार भएका छन् । सो काण्डमा बैंकका अधिकारीको पनि मिलेमतो रहे पनि कुनै कारबाही भएको छैन । ‘भाइको साथीले पोखराको घडेरी पास गर्नुहोस्, पैसा तिर्नुपर्दैन भनेर भाइ र मेरो नाममा घडेरी पास गराइदिए, जग्गा कस्तो छ देखेको पनि छैन, लालपूर्जा पनि उनीहरूले नै राखे’, बेनपा–२ की शोभा घिमिरेले भनिन्, ‘ पोखराको मालपोतमा जग्गा पास गरेको भोलिपल्टै बेनीको पश्चिमाञ्चल फाइनान्समा बोलाएर कागजमा सहीछाप गरिदिएमात्र हुन्छ भने, त्यसै गरेर घर गए । अहिले अदालतले घरमा पत्र पठाएपछिमात्रै हामीलाई प्रयोग गरेर फसाएको थाहा भयो । 
तत्कालीन पश्चिमापञ्चल फाइनान्सको बेनी शाखाबाट घिमिरेलाई जस्तै गरी गिरोहले ४९ जनाको नाममा जग्गा धितो राख्न लगाएर उनीहरूको नाममा ऋण निकालेर प्रयोग गरेको पीडितले गुनासो गरेका छन् । पोखराको हेम्जा, लेखनाथलगायतका ठाउँमा घरजग्गा कारोबार गर्ने सो गिरोहले एकजनाको नाममा ८ देखि ९ लाख रुपैयाँसम्म ऋण निकालेको छ । पश्चिमाञ्चल फाइनान्सका तत्कालीन कामु कार्यकारी अधिकृत दीपक खनालले
उच्च अदालत तुलसीपुरअन्तर्गतको वाणिज्य इजलास बुटवलमा दर्ता गरेको अभियोगपत्रमा ३ करोड ६० लाख
१७ हजार १२२ रुपैयाँ हानी÷नोक्सानी गरेको उल्लेख छ ।
अभियोगपत्रमा फाइनान्सका तत्कालीन बेनी शाखा प्रबन्धक गणेश पौडेलले विभिन्न ऋणीको नाममा कमसल धितो राखी शशी खड्का, चुडामणी जैसी र टीकाराम निउरेसमेतसँगको  मिलेमतोमा कर्जा लगानी गरी सो कर्जाको रकम एकआपसमा मिली व्यक्तिगत प्रयोजनमा खर्च गरेको उल्लेख छ । बैंकिङ कसुरमा मुद्दा परेपछि
पौडेल हिरासतमा छन् । खड्का, जैसी र निउरेविरुद्धको मुद्दा पनि अदालतमा विचाराधीन अवस्थामा छन् । पीडित देवेन्द्र फगामीकाअनुसार उनीहरूले पहिलो किस्ता र एक वर्षसम्मको ब्याज तिरेको देखिएको छ । चारवर्षे किस्तामध्ये दोस्रो किस्तादेखि साँवा र ब्याज भुक्तानी गरेका छैनन् । ४९ जनामध्ये १ जनाले साँवा र ब्याज चुक्ता गरेका छन् । तीनजनाले साँवा ब्याज चुक्ता गरे पनि चुक्ता नगरेको भनी फाइल नवीकरण गरेर  पौडेलले प्रयोग गरेको पीडितले बताएका छन् ।
आफ्नो नाममा ऋण निकालेर अर्केले प्रयोग गरेको, प्रयोग गर्नेले समयमै किस्ता, ब्याज नतिरेको र पर्ने मूल्यभन्दा बढी धितो मूल्यांकन गराई ऋण निकाली बैंकिङ कसुर गरेको अभियोगमा ऋणीहरूलाई अदालतले हाजिर हुन पत्र काटेपछि अप्ठ्यारोमा परेको पीडित फगामीले गुनासो गरे । ‘सहयोग गर्नुप¥यो भनेर आग्रह गरेपछि विश्वास गरेर उनीहरूले जे–जे भने त्यही गरियो, न जग्गा देखेका छौं, न त एक सुको पैसानै लियौं, तर अहिले बैंकमा किस्ता, ब्याज तिर्नेमात्र होइन, उल्टै मुद्दासमेत खेप्नु परेको छ,’ फगामीले भने, ‘हामीलाई नराम्ररी फसाए ।’ २०७२ साल भदौमा यसरी कर्जा लगानी भएको थियो । यो घटनाकाबारेमा बैंकले छानबिन गर्दा ०७३ भदौमा गडवडी गरेको फेला परेको थियो । 
ऋणमा डुब्ने र अदालतको मुद्दा खेप्नेमा पौडेल, खड्का, जैसी र न्युरेका आफन्त, साथीभाइ र उनीहरूसँग आर्थिक लेनदेनमा नजिक भएका व्यक्तिहरू छन् । क्याम्पस पढ्ने विद्यार्थीले समेत कास्कीको जग्गा धितोमा राखेर ऋण निकालेको देखिएको छ । यो समूहले पोखरा र आसपासका क्षेत्रमा जग्गा प्लटिङ गरी घडेरीको कारोबार गर्दैआएको छ । राष्ट्र बैंकले घरजग्गामा लगानी गर्न कडाई र सरकारले जग्गा प्लटिङ गर्न रोक लगाएपछि कारोबार ठप्प भयो । पीडितहरूकाअनुसार खोलाको किनार, पाखो, खरबारी, डाँडामा प्लटिङ गर्न किनेको जग्गा बिक्री नभएपछि उनीहरूले सित्तैमा जग्गा दिने प्रलोभनमा पारेर बैंकमा धितो राख्ने र उनीहरूकै नाममा ऋण निकालेर आफूहरूले प्रयोग गर्ने योजना बनाएको देखिन्छ ।
४ लाख रुपैयाँ पर्ने जग्गालाई अठार लाखको धितो मूल्यांकन गराई ९ लाख रुपैयाँ ऋण निकालिदिएको पीडित रञ्जन खत्रीले बताए । ‘हाम्रो नाममा ऋण निकालेर मोजमस्ती र बिलासीतामा खर्च गरेर पैसा सकेका रहेछन्,’ खत्रीले भने । महंगो गाडी चढ्ने र उच्च जीवनशैली अपनाएका उनीहरूले समाजको विश्वास जित्न विभिन्न मेला महोत्सव र कार्यक्रम आयोजकलाई मागेजति चन्दा दिने, दोहोरी साँझ गएर पैसा उडाउने गरेको पीडितहरू बताउँछन् । यसैगरी, महंगो ब्याजदरमा लिएको ऋण तिर्ने र मिटर ब्याजमा लगाउनेलाई पैसा दिएर पनि उनीहरू फसेको एकाथरिको भनाई छ । अदालतबाट हाजिर हुन र बयान दिन आउनका लागि तारन्तार पत्र आउन थालेपछि पीडितहरू सामुदायिक प्रहरी, बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवाललगायतसँग हार गुहार र कानुनी परामर्शका लागि  धाइरहेका छन् । सेयर बजार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: