×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विप्लवका कार्यकर्ताले चुडामणिको घर फुटाएपछी स्थानीयहरु मख्ख, हाँस्दै भने, ‘अपच हुनेगरी खाएको थियो, ठिक्क पर्यो’

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- विप्लवका कार्यकर्ताहरुले चुडामणि शर्माको घर फुटाएपछी स्थानीयहरु खुसी भएका छन् । ठुलो संख्यामा आएका विप्लवका कार्यकर्ताले अपरझट आएर चुडामणि शर्माको घर तोडफोड गर्न थालेपछी स्थानीयहरु एकाएक घरभित्रबाट आएका थिए । उनीहरुले विप्लवका कार्यकर्ताहरुसँग खुसी व्यक्त गर्दै भ्रष्टाचारीको यस्तै हालत हुने टिप्पणी गरेका छन् ।
‘अपच हुने गरी खाएको थियो, ठिक्क पर्यो । अव छेर्ने भो ।’ नजिकै रहेकी एक छिमेकीले भनिन् । यद्यपी शर्माको घर तोडफोड गर्दा अरु छिमेकीको घरलाई पनि ख्याल गर्नुपर्ने उनको गुनासो थियो । ‘त्यो मोरो भ्रष्टाचारीलाई मारेपनि हुन्छ । तर छिमेकीहरुलाई दुख दिनु हुन्न है। ‘ घर फर्कंदै गरेका कार्यकर्ताहरुलाई एक छिमेकी महिलाले सुनाइन् ।
ख्तियार दुरुपयोग अनुसान्धन अायोगले खोजिरहेका शर्माको घर मंगलबार दिउँसो तोडफोड भएको हो । घरका सीसा, झ्याल, ढोकासहित अधिकांश भाग क्षति पुगेको छ ।

विप्लवका कार्यकर्ताले चुडामणिको घर फुटाए, १०० बढी कार्यकर्ताले गरे यस्तो तोडफोड (Exclusive फोटोहरुसहित)

आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशकविरुद्ध ‘जनकारवाही’ भन्दै उनको घरमा विप्लवका कार्यकर्ताले तोडफोड गरेका हुन् । तोडफोडपछी उनको टोलनै तनावग्रस्त बनेको छ । कार्यकर्ताहरुले उनको घरमा नेकपाको झण्डा र ब्यानर राखेका छन् ।
उनीहरुले शर्माको सम्पत्तिलाई राष्ट्रियकरण गर्न समेत माग गरेका छन् ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ महादेव खोला टोलका वासिन्दा रहेका चुडामणिको घरमा विप्लवका कार्यकर्ताले ढुंगामुडा गर्दा घरको सिसाहरुमा क्षति पुगेको छ ।
यसअघि पनि गत असोज महिनामा उनको घरको गेटमा आगलागी गरिएको थियो ।
         
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: