×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रम ओलीलाई नेकपाको चेतावनी, ‘समातिएका नेताहरुलाई तत्काल रिहा नगरे गाउँगाउँबाट एमालेका नेता–कार्यकर्तालाई लखेट्ने’

काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।  नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई प्रहरीले गिरफ्तार गरेको छ ।
पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलन सहभागी भइरहेको बेला प्रहरीले नेता सुदर्शन र पोलिट्ब्यूरो सदस्य पदम राईसहित ७ जनालाई गिरफ्तार गरेको छ ।आइतबार विराटनगरमा सम्मेलन सुरु हुन लाग्दा प्रहरीले हस्तक्षेप गरेको नेकपाले जनाएको छ ।
सम्मेलनको उद्घाटनका लागि पुगेका नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘शुदर्शन’ र पोलिट्ब्युरो सदस्य पदम राई ‘बिकाश’सहित ७ जनालाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको छ । नेता ओली र राईसंगै युवा जनस्वयमसेवकका केन्द्रीय सदस्य दिनेश, नबिन, केशब, कमल र दिपकलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।
बिराटनगरकोको राजवंशी चोकबाट उनिहरूलार्इ नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा आफ्ना नेताहरुलाई गिरफ्तार गरेको भन्दै तत्काल रिहा नगरे गाउँगाउँबाट एमालेका नेता–कार्यकर्ता लखेट्ने नेकपाले चेतावनी दिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: