त्रुटी कि लापरवाही ? नेप्सेले लगानीकर्तालाई दियो गलत सुचना, अर्थ सरोकारले जानकारी दिएपछि बल्ल सच्याइयो !


काठमाडौँ- नेपाल स्टक एक्सचेन्जले लगानीकर्तालाई गलत सुचना दिएको छ । सोमबार उसले  नेप्सेको वेव साइटमा जनौथ्थान सामुदायिक लघुवित्त बिकास बैंक लिमिटेडका अध्यक्ष यम बहादुर बिकले राजीनामा दिएको र उक्त राजीनामा स्वीकृत भएको जानकारी नेप्सेमा आएको कुरालाई लिएर यस्तो गलत सुचना दिएको हो । उसले पहिला उक्त संस्थाका सीइओ भन्दै यम बहादुर बिक भनेर उल्लेख गरेको थियो ।

पछी अर्थ सरोकार डटकमका प्रतिनिधिले नेप्सेका प्रवक्तालाई यस विषयमा जानकारी गराएपछि उक्त सुचना सच्चिएको छ । हुन त यसरी नेप्सेले गलत सूचना दिएको यो पहिलोपटक होइन । यद्यपी आफुलाई आएको जानकारी नेप्सेले एक पटक बुझेर मात्र नेप्सेको वेव साइटमा अपलोड गर्दा राम्रो हुन्थ्यो कि !      
प्रकाशित : Monday, February 12, 2018

recent

Popular Posts