×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विकास निर्माणमा केहि काम गर्न नसकेको रेणु दाहालको स्वीकारोक्ति, भन्छिन्, ‘निर्वाचन बाधक बन्यो’

  • प्रनिश थापा / अर्थ सरोकार डटकम
चितवन – भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले यसवर्ष निर्वाचनका कारण विकास निर्माणका कामलाई तिब्रता दिन नसकिएको स्वीकार गरेकी छिन् । गीतानगर जेसिसको १७औ पदहस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै मेयर दाहालले यस बर्ष सोचे अनुरुपको काम गर्न नसकिएको भए पनि महानगरको श्रोत साधनको उच्चतम प्रयोग गरेर केन्द्रसंगको सहकार्यमा आउँदो ४ बर्ष अर्थात २०७८ सालसम्मा विकास निर्माणका कामले गति लिने बताएकी हुन् । 
‘भरतपुर विभिन्न क्षेत्रको हब भएकाले गर्दा पनि अल्पकालीन, मध्यकालीन र दिर्घकालिन योजनाको लागि सम्बन्धित बिज्ञसंग छलफल गरि अगाडि बढिन्छ ।’ दाहालले भनिन् ।  यस्तै, नेपाल जेसिसका पुर्व राष्ट्रिय अध्यक्ष दिनेश कोइरालाले जेसिसले सबैकुरा सिस्टम बाट संचालन गर्न सिकाउने भन्दै देश पनि सिस्टममा संचालन हुनुपर्ने बताएका छन् । कार्यक्रममा जेसिसका पूर्व अध्यक्ष अशोक कोइराला , नारायणगढ जेसिसका बाबुराम रामुदामु , सोम भण्डारी , प्रकाश दवाडी लगायतले बोलेका थिए । कायक्रम गीतानगर जेसिस बर्ष २०१७ का अध्यक्ष गोबिन्द आचार्यको सभापतित्व तथा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
यता गीतानगर जेसिसका बर्ष २०१८ अध्यक्ष नारायण पौडेल निर्वाचित भएका छन् । निर्वाचित भएका पौडेललाई निबर्तमान अध्यक्ष गोबिन्द आचार्यले एक कार्यक्रमका बीच सपथ गराएका हुन् । पौडेलको अध्यक्षतामा कानुनी सल्लाहकारमा रोशन सोती , तालिम संयोजकमा कृष्ण सापकोटा , महासचिबमा युवराज अधिकारी , कोषाध्यक्षमा नवराज अधिकारी र सहसचिबमा बिशाल कोइराला मनोनित भएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: