×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर लगानीकर्ता संघले भन्यो, ‘वाईको र नेप्सेसँग कुरा भयो, अनलाइन छिट्टै ल्याउनेबारे दुवै पक्ष सकारात्मक छन्’

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- सेयर लगानीकर्ता संघ नेपालले नेप्से र वाईको कम्पनीका प्रतिनिधिलाई भेटी अनलाइन प्रणाली ल्याउने कुरा कहाँ पुग्यो भन्ने विषयमा बुझेको बताएको छ । एक प्रेस बिज्ञप्ति जारी गर्दै संघले यस्तो बताएको हो । नेप्से र वाईकोका प्रतिनिधिलाई भेटेर संघले अनलाइनबारे अपडेट लिएको र उनीहरुपनि अनलाइन छिट्टै ल्याउनुपर्ने कुरामा सकारात्मक रहेको आशय बिज्ञप्तिमा देखाइएको छ । 
‘यस संघबाट पूँजीबजारको विकास र विस्तारका सम्बन्धमा सरोकारवाला पक्षहरु सँग निरन्तर अन्तरक्रिया गर्ने उद्देश्य अनुरुप अनलाइन कारोबार र पूँजी बजारको समसामयिक विषयमा नेपाल स्टक एक्सचेन्ज र भेण्डर कम्पनी (वाइको) संग छुट्टाछुट्टै भेटघाट गरि समयमै अनलाइन प्रणाली ल्याउन र यस सम्बन्धमा भएका प्रगतिहरुको बारेमा जानकारी लिने काम भयो र समयमै सो सेवा ल्याउनु पर्ने विषयमा सरोकारवाला पक्षहरुलाई सचेत र सूसुचित गराउने कार्य यस संघबाट भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: