×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सातवटै प्रदेशले पयो मुख्यमन्त्री, हेर्नुस् कुन प्रदेशमा को ?

काठमाडौँ – संविधानको नयाँ व्यवस्था अनुसार संघीय व्यवस्थामा प्रवेश गरेको नेपालले सातवटै प्रदेशमा मूख्यमन्त्री पाएको छ ।
प्रदेश नम्बर १ मा शेरधन राई, २ मा लालबाबु राउत, ३ मा डोरमणि पौडेल, ४ मा पृथ्वीसुब्बा गुरुङ, ५ मा शंकर पोखरेल, ६ मा महेन्द्रबहादुर शाही र ७ मा त्रिलोचन भट्ट मूख्यमन्त्री बनेका रहेका छन् ।
चारवटा प्रदेशमा मूख्यमन्त्रीले सपथ लिएर मन्त्रिपरिषद समेत बनिसकेको छ भने आज दुईवटा प्रदेशका मूख्यमन्त्रीले सपथ लिँदै छन् ।
प्रदेश नम्बर ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश नम्बर ६ का मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज शपथका साथ पदभार ग्रहण गर्दै छन् ।
प्रदेश नम्बर ४ का मूख्यमन्त्री गुरुङ र सभामुख नेत्रनाथ अधिकारीको शपथ आज बिहान भयो । मूख्यमन्त्रीको शपथसँगै प्रदेश मन्त्रिपरिषदको गठनको तयारी भएको छ ।
प्रदेश नं.४ मा एमालेले ५ माओवादीले २ मन्त्री लिने समझदारी बनेको जनाइएको छ । प्रदेश नं.७ का मूख्यमन्त्री त्रिलोचन भट्टले भने शनिबार शपथ लिने कार्यक्रम रहेको छ ।
प्रदेश नम्बर १, २ र ५ मा बिहीबार नै मुख्यमन्त्रीको शपथ र मन्त्रिपरिषद गठन भइसकेको छ भने प्रदेश नं.३ मा सरकार गठन भइसकेको छ ।
स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव भएपछि नेपाल औपचारिक रुपमा संघीयतामा प्रवेश गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: