×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्र बैंकले रोक्का गरेको रकम फुकुवा गर्न सर्वोच्चको अन्तरिम आदेश, सुमार्गी प्रफुल्ल, तनावमा कान्तिपुरका मालिक !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- राष्ट्र बैंकले रोक्का गरेको व्यवसायी अजेयराज सुमार्गीको करिव सवा २ अर्ब रकम फुकुवा गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । राष्ट्र बैंकले गरेको रोक्का फुकुवाको माग गर्दै सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम आइतबार सर्वोच्च गएको थियो । 
मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको बेला रकम निकाल्न दिन अन्तरिम आदेश दिएको हो । राष्ट्र बैंकले युवराज खतिवडा गभर्नर हुँदा सुमार्गी र उनी संलग्न कम्पनीको नाममा आएको ३ अर्ब बढी रकमको स्रोत खुल्न नसकेको भन्दै रोक्का गरेको थियो ।सर्वोच्चले फागुन २ गते दुबै पक्षलाई बोलाएको छ भने विपिक्षीलाई लिखित जवाफ पेश गर्न भनेको छ ।

प्रफुल्ल सुमार्गी, तनावमा कान्तिपुर !
यसो त आफ्नो फुक्का भएको रकम नरोक्न अदालतले आदेश दिएपछि अजेय सुमार्गी प्रफुल्ल बनेका छन् । तर सुमार्गीको रकमलाई लिएर सुमार्गी विरुद्धको मिडिया अभियानमा नै लागेको कान्तिपुर भने तनावमा रहेको बुझिएको छ । अदालतको आदेशसँगै कान्तिपुरमा पनि सम्पादक र मिडिया मालिकको आकस्मिक बैठक बसेको कान्तिपुर स्रोतले जनाएको छ । सुमार्गी र कान्तिपुरबीच ‘मिडिया-वार’ नै चलेको थियो ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: