×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एसीसीए सदस्य सबिर बादे श्रेष्ठ नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको सीइओ पदमा नियुक्त

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतको पदमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको चैत्र १३ मा सम्पन्न ६८औं सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो ।
विगत २ बर्षदेखि उनी नबिल ईन्भेष्टमेन्ट बैकिङ लिमिटेडमा प्रमुख–ईन्भेष्टमेन्ट बैंकिङको जिम्मेवारीमा रहेका थिए । श्रेष्ठले लण्डनबाट एसीसीए गरेका छन् भने काठमाडौं युनिर्भसिटीबाट इएमबीए समेत गरेका छन् ।
उनले ६ बर्ष लण्डनमा अबस्थित अडिट फर्म बीडीओ इन्टरनेस्नलमा ट्याक्स, फाइनान्स र अडिटमा रहेका काम पनि गरिसकेका छन् ।
साथै उनी एनआइबीएल क्यापिटलमा ३ बर्ष सिनियर म्युच्यूअल फण्ड म्यानेजरको रुपमा समेत काम गरेको कम्पनीले जानकारी दिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: