×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषि विकास बैंकद्वारा कृषि सामग्रि हस्तान्तरण

कृषि विकास बैंक लिमिटेडले कृषि क्षेत्रमा क्रियाशील समुह तथा सहकारीहरुलाई कृषि सामग्री हस्तान्तरण गरेको छ । सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत कृषि विकास बैंक लि. डडेलधुरा उप¬शाखाबाट आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृति लिला प्रकास सिटौलाको प्रमुख आतिथ्यमा कषि क्षेत्र अन्र्तगत तरकारी उत्पादनमा क्रियाशील बकण्डे ताजा तरकारी समुह, पशुपालन क्षेत्रमा सक्रिय रामेश्वर पशुपालन समुह र उग्रतारादेवी पशुपालन कृषि सहकारी संस्थालाई कृषि सामग्रि हस्तान्तरण गरिएको हो । बैंकले सिसिलामा बकण्डे ताजा तरकारी समूहलाई १५ ओटा क्रेट र १५ ओटा पानि झारी, रामेश्वर पशुपालन समुहलाई २ ओटा ग्रास चोपर मेसिन र उग्रतारा देवि कृषि सहकारी संस्थालाई ४ ओटा ग्रास चोपर मेसिन हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।
सो समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत लिला प्रकास सिटौलाले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धि ल्याउन कृषि विकास बैंकले खेलेको भूमिकाबारे चर्चा गरे । उनले ५१ बर्ष अगाडी कृषकहरुको आर्थिक समृद्धिका लागि स्थापित कृषि विकास बैंकले हाल आधुनिक प्रविधि मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताए । नेपालमा सबैभन्दा बढि शाखा सञ्जाल भएको तथा बृहत पूँजि भएको यस बैंकले दुरदराज मा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनिहरुको क्षमता बृद्धि का लागि बिभिन्न बित्तिय साक्षरता एबम् तालिमहरु समेत प्रदान गर्दै आईरहेको बताए । कृषकहरुको बैंक भएकाले कृषकहरुकै मायाले बैंक मुलुकको सबैभन्दा शिषस्र्थ र अग्रणी बैंक बन्न सफल भएको जिकीर गर्दै उनले किसानहरुलाई अझ बढि कृषि बिकास बैंक संग कारोवार गर्न समेत आग्रह गरे ।
कार्यक्रममा बोल्दै कृषि विकास बैंक लिमिटेडका उपमहाप्रवन्धक शेषरमण आचार्यले द्वन्दकालमा बिस्थापीत शाखाहरु प्ुानरस्थापना गर्ने कार्य भईरहेको बताउदै उनले डडेल्धुराको भित्रि मधेशक्षेत्र जोगबुढा मा बैंकको शाखा खोल्न प्रवन्धक नियुक्त गरेर कार्यक्षेत्रमा पठाईसकेको समेत बताए । उनले कृषकहरुलाई बैकबाट लिएको क्रण सही रुपमा सदुपयोग गरी आयआर्जन मा बृद्धि गराउदै समयमै कर्जा चुक्ता गर्न समेत कृषकहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा कृषि विकास बैंक लिमिटेड का प्रवक्ता हिमलाल पौडेलको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रमका सभापती कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय धनगढीका निर्देशक धु्रवचन्द्र गौतमले बैंकले सुदुरपश्चिम क्षेत्रमा किसानहरुको आर्थिक समृद्धिका लागि सहुलियत दरमा कृषि कर्जा लगानी गर्दै आईरहेको तथा बाली बीमा, पशु बीमा जस्ता कार्य समेत सञ्चालन गर्दै आईरहेको बताउदै उनले सो कार्य निरन्तरता दिने समेत बताए ।
कार्यक्रममा कृषि विकास बैंक लिमिटेड डडेल्धुराका प्रवन्धक चक्रविर भण्डारीले स्वागत मन्तव्य राख्दै जिल्लामा व्यवसायीक कृषि विकासका लागि किसानहरुलाई सहुलियत दरमा कृषि कर्जा लगानी गर्दै आईरहेको तथा किसानहरुको समृद्धि, स्थायित्व एवम् सुरक्षा का लागि बालि बीमा, पशु बीमा जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको समेत बताए । सोही अवसरमा बोल्दै उनले डडेल्धुरा बैंकिङ्ग कार्यालयले कुल ग्राहकमध्ये ३७ प्रतिशत कृषि क्षेत्रमा संलग्न ग्राहकहरुलाई कर्जा लगानी गरेको समेत जानकारी गराए ।
कृषि विकास बैंक लिमिटेड डडेल्धुराका लेखपाल सिद्ध राज भट्टद्वारा सञ्चालित कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय डडेल्धुरका प्रमुख,पशु सेवा कार्यालयका प्रमुखको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा उग्रतारादेवी पशुपालन कृषि सहकारी संस्था लिमिेडका सचिव विष्णु राज भट्ट,रामेश्वर पशुपालन कृषक समुहका अध्यक्ष मदन राज ओझा ,पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष मान वहादुर साँउद लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै उक्त कार्यक्रममा उत्कृष्टता हासिल गर्ने कृषक समुह र पत्रकारितामा आवद्ध केहि पदाधिकारीहरुलाई समेत बैकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले मायाको चिनो प्रदान गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: