×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

३७ घण्टाभित्रै आरम्भको आईपीओ बाँडफाँड

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं -आरम्भ माइक्रोफाइनान्सको सेयर बाँडफाँट भएको छ । सेयर बिक्री बन्द भएको ३७ घन्टाभित्रै बाँडफाँट गरिएको हो ।  सी–आस्वा प्रणालीबाट सेयर भर्ने व्यवस्था मिलाइएपछि सेयर बाँडफाँट प्रक्रियामा चमत्कार भएको हो ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा एक कार्यक्रमकै आयोजना गरेर सेयर बाँडफाँट गरिएको हो । आरम्भमा कुल १ लाख ८६ हजार ३८ जना आवेदकले १ करोड १८ लाख ७८ हजार ७५० कित्ताका लागि आवेदन दिएका थिए । यसमध्ये १ लाख ८५ हजार ६५३ आवेदक वैध भएको छ । बाँकीको आवेदन भने रद्द गरिएको छ । कुल २७ हजार ४८ जना आवेदकले सेयर पाएका छन् । यसमा ४३.८३ प्रतिशत बढी आवेदन परेको छ ।
आरम्भले फागुन १५ गतेदेखि २० गतेसम्म १०० रुपैयाँ दरको २ लाख ९४ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार ८२० कित्ता (३%) सेयर कर्मचारी र १४ हजार ७०० कित्ता (५%) म्युचुअल फन्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सर्वसाधारणलाई बिक्री गरेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: