×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थमन्त्रीले ईश्वर पोखरेलको फोन उठाउन छाडेपछि…

‘पहिला मेरो पीएसँग समय मागेर मलाई भेट्न आउने मान्छे अहिले मैले कतिचोटि फोन गर्दापनि उठाउनुहुन्न ।’ एउटै क्याबिनेटका मन्त्रीबीचको सम्बन्ध यस्तो हुन्छ ? हुनु नपर्ने, तर भइरहेको छ ।
स्थायी कमिटीको बैठक आसपासमा अनौपचारिक कुराकानीमा एमाले महासचिवले यसरी असन्तुष्टि पोखेका हुन् । प्रसंग हो, ईश्वर पोखरेल र डा. युवराज खतिवडाको । चर्चा थियो, ईश्वर ओलीको क्याबिनेटमा उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी बहन गर्न जाँदैछन् । महासचिवले यस्तो जिम्मेवारी बहन गर्न जाँदैछन् ।
महासचिवले यस्तो जिम्मेवारी लिएर सरकारमा जाने अनुमान मनासिव नै हो । सँगै अर्को चर्चा पनि थियो, राष्ट्रबैंकको गभर्नर, योजना आयोगको उपाध्यक्षजस्तो पद सम्हालिसकेका डा. खतिवडा ईश्वरलाई सफल पार्न राज्यमन्त्रीका रूपमा त्यही मन्त्रालयमा बहाली हुनेछन् ।
योजनाअनुसार खतिवडा मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रियसभा सदस्य नियुक्त पनि भए । त्यसपछि ईश्वरले फोन गरे, तर उठेन । यहीँबाट झस्को पसिसकेको रहेछ, कुरा बिगार्दैछन् भन्ने । ईश्वरले सुनाए, ‘मैले नै उहाँलाई राष्ट्रियसभा सदस्यका लागि ३ नम्बर प्रदेशबाट खुलातर्फ उठाऔं र अर्थ राज्यमन्त्री बनाऔं भनेको हुँ । तर मेरो बाटो छेक्न लुम्बिनीतिरका साथीहरू उहाँसँग लाग्नुभएछ ।’
यसो भन्नका लागि ईश्वरले महाधिवेशनदेखि पार्टी अध्यक्ष तथा प्रम ओलीसँगको सामिप्यतासम्मका केही कुरा खोलेका छन् ।
बुझिएअनुसार ईश्वर मन्त्री बन्न त्यसदिन ठिक्क परिसकेका थिए, जुन दिन ओली शीतल निवासमा शपथका लागि पुग्दै थिए । शपथअघि धुम्बाराही पार्टी कार्यालयमा संसदीय दलको नेता चयन गर्ने र समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गर्ने बैठकमा उनले पटक-पटक ओलीसँग आफू अहिले शपथका लागि तयार हुने कि नहुने भनेर जान्न चाहे, तर जवाफ पाएनन् ।
त्यसबेला झस्किए, जब बैठकमा माधव नेपालले ओलीको नाम प्रस्ताव गरे, जसलाई ध्वनिमतले पारित गर्‍यो । माधव-केपी मिलिसकेपछि ईश्वरको नाम काटिन्छ भन्ने अरुले त बुझिसकेका थिए, तर ईश्वरलेचाहिँ पत्याइरहेका थिएनन् ।
०६१ माग १९ मा मन्त्री भएकै बेला राजाको ‘कू’पछि ईश्वर सप्तरीमा बन्दी बनाइए । ट्याङ्कीमा पैसा लुकायो भनेर सत्ताधारीहरूले हल्ला चलाउँदा एमालेकै केही मान्छे ताली पिट्न मग्न थिए । त्यसबेला महासचिव माधव नेपाल थिए, कावा महासचिव झलनाथ खनाल । तर ईश्वरमाथि भएको अन्यायको कसैले प्रतिवाद गरेनन् ।
यो कुरा सम्झँदै केही महिनाअगाडिको एउटा अनलाइन अनर्वार्तामा ईश्वरले भनेका थिए, ‘माधव नेपाल मेरालागि त्यतिबेलै मरिसके । उनीसँग अहिले मेरो कुनै सम्बन्ध-सरोकार बाँकी छैन । बरु त्यसबेला योगेशसँग उपत्यका समन्वय कमिटीमा सँगै थियौँ र उनले मलाई साथ दिए । ‘
राजनीतिको खोलो कहिले कताबाट फर्किन्छ भन्ने टुंगो हुँदैन । एकाएक माधव-ओलीको केमेस्ट्री मिल्न पुगेका बेला ईश्वर परेका रहेछन् घानामा । त्यसमाथि डा. खतिवडा माधव नेपाल प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र ओली प्रधानमन्त्री हुँदाका गभर्नर । अर्थात ‘ब्यालेन्स पोलिटिक्स’को फाइदा उनले उठाए, त्यस्तो नजान्दा ईश्वरले अवसर गुमाएको जनआस्था साप्ताहिकमा समाचार छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: