×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अष्ट्रेलियाको मेलवर्नमा सम्पन्न ८औ कंडेल कन्सल्टेन्सी कपको उपाधी एति फुटबल क्लवलाई

मेलवर्न – अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरु माझ निकै लोकप्रिय बन्दै गइरहेको कंडेल कन्सलटेन्सी कपको ८आैँसंस्करणको उपाधी यति आयोजक यति फुटवल क्लवले हात पारेको छ ।
हिजो बाट अष्ट्रेलियाको मेलवर्नमा सञ्चालन भएको उक्त प्रतियोगिताको फाइनल खेलमा सीड्नीको राइजीङ स्टारलाई १का बिरुद्ध २ गोलले पराजित गर्दै यतिले उपाधी माथी कब्जा जमाएको हो । गतबर्षको समेत बिजेता रहेको यति फुटवल क्लवले जित संगै नेपाली रुपैया २ लाख ५० हजार नगद हात पारेको छ । यस्तै अन्य थुर्पै पुरस्कारका साथै ट्रफि समेत उसले हात पारेको छ । यस्तै प्रतियोगिताको उपबिजेताका रुपमा सीड्नीको राइजिङ स्टार क्लवले पनि नगद तथा अन्य थुर्पै पुरस्कार हात पारेको छ ।
अष्ट्रेलियाभरका १६ वटा फुटवल क्लवको सहभागिता रहेको प्रतियोगितामा नेपालका बिभिन्न समयका राष्ट्रिय खेलाडीका अलावा अष्ट्रेलियाका राष्ट्रियस्तरका खेलाडीहरुको समेत सहभागिता रहेको थियो । आजका फाइनल खेलहरु स्थानीय समय अनुसार बिहाना ७ बजे देखि बेलुका ६ बजे सम्म सञ्चालन भएका छन । प्रतियोगिताका बिजयी टीमहरुलाई प्रायोजक कंडेल कन्सल्टेन्ससीका प्रबन्ध निर्देशक राज कंडेलले पुरस्कार प्रदान गर्नुभयो ।
हजारौको दर्शकहरुको उपस्थीतिमा सम्पन्न भएको यो प्रतियोगिता नेपाली नेपाली बिच सम्बन्ध स्थापित गर्ने मुख्य माध्यम भएको कंडेलले बताएका छन । आगामि दिनमा पनि यस्ता प्रतियोगिताहरुमा आफुहरुले निरन्तर सहयोग गरिनै रहने कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राज कडेलले प्रतिबद्धता जनाएका छन । पुरस्कार बितरण कार्यक्रममा भीक्टोरियाका रीजनल प्रहरी कमिसनरका साथै सो क्षेत्रका खेलकुद म्यानेजरको समेत सहभागिता रहेको थियो ।
अष्ट्रेलियाभर बसोबास गर्ने नेपालीहरु माझ लोकप्रिय रहेको यस कन्सल्टेन्सी इजुकेसन माइग्रेसनले यस बर्ष मात्रै यस कार्यक्रमका अलावा नेपाल आइडलहरुको सांगितिक कार्यक्रम सहित बिभिन्न सांगितक र सामुदायिक कार्यक्रमको प्रायोजन समेत गरेको थियो । सन् २००६ देखि एजुकेशन माइग्रेसनको क्षेत्रमा काम आरम्भ गरेको यस कन्सलटेन्सीले बढ्दो लोकप्रियता संगै यस बर्ष मात्रै अष्ट्रेलियाको सिड्नी सहित नेपालका काठमाडौं, पोखरा र नारायणगढमा शाखा बिस्तार गरेको छ ।अष्ट्रेलिया अध्ययन तथा माइग्रेसनका क्षेत्रमा ख्याति प्राप्त यस कन्सल्टेन्सीले अष्ट्रेलिया बसोबास र पढ्नका लागि जान चाहाने नेपाली बिधार्थी र तिनका अभिभावकको आग्रहमा नेपालमा पनि ३ स्थानमा एकैपटक शाखा बिस्तार गरेको हो ।
मेलवर्नमा मुख्य कार्यालय रहेको यस कन्सल्टेन्सीमा अनुभवी परामर्शदाता रहनुका साथै अष्ट्रेलियामा समेत यो निकै विश्वासिलो मानिन्छ । कन्सल्टेन्सीका प्रबन्धक निर्देशक राज कंडेल स्वंम आफै करिब २० बर्ष देखि अष्ट्रेलियामा रहेर यस व्यवसायमा संलग्न रहदै आएका छन । नेपालीहरु बिच आपसी सद्भाव कायम गर्ने उदेश्यले आफुहरु सामुदायिक गतिबिधिमा संलग्न रहदै आएको सञ्चालक राज कंकडेलले बताएका छन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: