×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भृकुटीमण्डपको जुत्ता, चप्पल मेला शनिवार सकिदै

काठमाडौं – शनिवार सकिन लागेको काठमाडौंको भृकुटीमण्डमा जारी जुत्ता, चप्पल मेलामा उपभोक्ताको घुइँचो लागेको छ । मेलामा नयाँ मोडेलका जुत्ता, चप्पलहरु ५० प्रतिशतसम्म छुटमा दिएका कारण उपभोक्ताको भिड लागेको मेला संयोजक तथा केटिएम शुजका संचालक प्रमोद महतोले बताउनुभयो । 
उँहाले मेलाबाट हामी उत्साहित भएका छौ । “यसपल्ट हामीले उत्पादन गरेको जुत्ता, चप्पलहरु ग्राहकले अत्याधिक मात्रामा मनपराउनुभयो” । नेपाल जुत्ता चप्पल उघोग व्यवसायी संघले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उदेस्यले आयोजना गरेको मेलामा ७ वटा कम्पनीका सयौ मोडेलका, फ्रेस जुत्ता, चप्पलहरु राखिएको छ । 
धेरै वटा कम्पनीका जुत्ता चप्पलहरु एउटै छानामुनी प्याक्ट्रीको भाउमा बिक्रि वितरण भइरहेकाले मेला बाट धेरै जना लाभान्वियत भएको नेपाल जुत्ता, चप्पल उघोग व्यवसायी संघका अध्यक्ष खुमराजा ढुंगानाले बताउनुभयो । उहाले मेलाबाट बजारमा उत्पादन भएका नयाँ जुत्ता, चप्पलहरुको बारेमा उपभोक्तालाई जानकारी प्रदान गर्ने समेत मद्दत पुगेको बताउनुभयो । गत विहीवारबाट शुरु भएको जुत्ता, चप्पल मेला शनिवार सकिदैछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: