×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेञ्चुरी बैंकद्वारा सातौं वार्षिक उत्सवमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजित

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंकको सातौं वार्षिकोत्सवको उपल्यक्षमा शुक्रबार बैंकको प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरियो । उक्त शिविरमा चाबहिल, काठमाडौंस्थित ओम हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि. बाट चिकित्सक तथा पुल्चोक, ललितपुरस्थित रक्तसञ्चार सेवा केन्दको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो । 
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षणका साथसाथै आखां, मुटु, अर्थो तथा ग्यास्ट्रो सम्बन्धी स्वास्थ्य परीक्षण पनि गरिएको थियो । बालबालिकाहरु देखि लिएर वृद्धवृद्धाहरुसमेतको सहभागी उक्त शिविरमा १०० जनाभन्दा बढीको निः शुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ७० जनाभन्दा बढीको सहभागी थियो । 
उक्त कार्यक्रममा बैंकको अध्यक्ष श्री राजेश कुमार श्रेष्ठज्यू तथा बैंकका संञ्चालकज्यूहरु, का.मु. प्रमुख कार्यकारी अधिकृतज्यू, शेयरधनीहरु, कर्मचारी तथा ग्राहकहरुको उपस्थिती थियो । अन्य जानकारीका लागि बैंकको वेबसाइट धधध।अभलतगचथदबलप।अयm।लउ तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: