५ किलो चरेशसहित २ जना पक्राउ

काठमाडौँ - महानगरीय प्रहरी परिसरले ५ किलोग्राम चरेशसहित २ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गले लाजिम्पाटस्थित द इम्पेरियल क्याफेमा जाँच गर्दा रोल्पाका विजय घर्तीमगर र म्याग्दीका सुमन रोक्कामगरलाई चरेशसहित पक्राउ गरेको हो ।

भारतको रक्सौल र अन्य नाकाबाट काठमाडौँ भित्रिएको लागुपदार्थ होटल तथा रेष्टुरेन्टमा बेचबिखन हुने गरेको गोप्य सूचनाका आधारमा चरेश बरामद गरेको प्रहरीको भनाई छ ।
प्रकाशित : Tuesday, March 13, 2018

recent

Popular Posts