×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिलको ४२ लाख ३८ हजार कित्ता सेयर लिलामी बिक्री खुला, सेयर भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सिभिल बैंकको आज देखि लिलामी बिक्री खुला हुने भएको छ । बैंकले संस्थापक समूहको ३२ लाख ४४ हजार ६००.२५ कित्ता र सर्वसाधारण समूहको ९ लाख ९४ हजार ३५८.७५ कित्ता गरि करिव ४२ लाख ३८ हजार ९५८.७५ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी आवेदन दिनुपर्नेछ । लिलामीमा आवेदन दिने अन्तिम म्याद चैत १ गतेसम्म तोकिएको छ । 
सिभिल बैंकले मंसिर २२ देखि माघ १२ गतेसम्म १०ः४ अनुपातमा २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । 
बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर काठमाडौं तथा लक्ष्मी बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट यसमा आवेदन दिन सकिनेछ । हाल सिभिल बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ५२ लाख २२ हजार रुपैयाँ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: