×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कांग्रेस बैठकमा देउवा पक्ष र पौडेल पक्षबीच मारामार !

आज पाँचौ दिनको बैठकमा समेत नेताहरु निर्वाचनमा पार्टीले व्यहोरेको हारबारे एकअर्कालाई आरोप लगाउन व्यस्त थिए । पार्टीले चुनावमा बेहोरेको हार केलाउँदै आगामी ५ वर्ष भित्र पार्टीलाई पुनः एक नम्बर बनाउने रणनीति तय गर्न बोलाईएको बैठकमा संस्थान पक्ष र सो इतरका पक्ष एकअर्काविरुद्ध उत्रिएका छन् ।
गत चैत ९ गते देखि जारी केन्द्रीय समिति बैठकमा संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुवीच जुहारी चलिरहेको छ । पाँचौ दिनको आजको बैठकमा संस्थापन पक्षका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, महेन्द्र यादव र भिष्मराज आङद्म्बेले चुनावमा पार्टीले बेहोरेको हारलाई लिएर पार्टी सभापतिलाई मात्रै दोष दिन नमिल्ने भन्दै नेतृत्वको बचाउ गरेका छन् ।
बैठकमा रिजालले पार्टी पराजयको मुख्य कारण नै अन्तरघात रहेको बताए । उनले पार्टी भित्र देखिएको अन्तर्रघातमात्रै रोक्न सके पार्टी जिवित रहन सक्नेतर्फ सवैलाई सचेत गराए । अर्का नेता कार्कीले कांग्रेसले जनताको घर दैलो जान विर्सिएकै कारण पार्टीले लजास्पद हार बेहोरेको भन्दै उनले अबका दिनमा पार्टी जनताको घर दैलोमा केन्द्रीत रहनुपर्ने बताए । यसअघि आफ्नो धारणा राखेका पौडेल पक्षीय केन्द्रीय सदस्यले निर्वाचनमा अप्रत्यासित हारको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने भन्दै दबाब दिएका थिए । बैठकमा अधिकांश नेताहरु आरोप प्रत्यारोपमा उत्रिएसँगै बैठक स्थलमा हात हालाहालको स्थिति आउने देखिएको छ ।
उनीहरूले नेतृत्वको कार्यशैली र कार्यक्षमतामाथी प्रश्न उठाउदै आएका छन् । निर्वाचन समिक्षाको अर्को बैठक भोलि विहान ११ बजे पुनः बस्ने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैकठलाई पहिलो पटक सम्वोधन गर्ने भएकाले केन्द्रीय समिति बैठक छोट्टाईएको नेताहरुले बताएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: