सपथ नै नलिइ प्रधानमन्त्री बनेको भन्दै ओली विरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ - नेकपा एमालेको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सपथ नै नलिइ प्रधानमन्त्री बनेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । ओली गत फागुन ३ गते नेपाल प्रधानमन्त्रीका रुपमा सपथ लिएर प्रधानमन्त्री नियुक्त भएका थिए ।

सपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले बुधबार रिट दायर गरेका हुन् ।

एमालेका अध्यक्ष समेत रहेका ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । यता संसदको सपथग्रहण भने गत फागुन २० गते मात्र गराइएको थियो ।
प्रकाशित : Wednesday, March 07, 2018
,

recent

Popular Posts