×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारको चुनाव खर्च ४ लाख !

काठमाडौँ  – राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारले ४ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार राष्ट्रपति तथा उपराष्ट्रपतिका उम्मेदवारको निर्वाचन प्रचारप्रसार खर्चको सीमा निर्धारण गरेको हो ।
उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्दा बढीमा ४ लाख रुपैयाँसम्म खर्च गर्न पाउने प्रवक्ता नवराज ढकालले जानकारी दिए । राष्ट्रपति निर्वाचन फागुन २९ गते हुँदैछ । निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृतका लागि प्रशिक्षण सञ्चालन गरिसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: