×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इलाममा घर आगलागीबाट १५ लाखको क्षति

इलाम  – इलाम नगरपालिका–१ साँखेजुङस्थित भरत कटुवालको घरमा आज बिहान आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ ।
प्रहरी चौकी रक्सेका प्रहरी हवल्दार हरि हिङ्माङका अनुसार आगलागीबाट रु १० लाखबराबरको घर, रु तीन लाख नगद, रु ८० हजारको ल्यापटप, टिभी, मोबाइल पूर्णरूपमा जलेर नष्ट भएको हो ।
आगो के कसरी लागेको भन्ने पहिचान हुन भने नसकेको उनले बताए । ‘घरमा बत्ती पनि नभएको र आगो पनि नबालेको समयमा आगलागी हुनु आश्चर्यजनक रहेको छ’, उनले भने । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: