×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फोरम दुई मन्त्रालय लिएर सरकारमा जाने, ति कुन कुन हुन् ?

काठमाडौँ  – संघीय समाजवादी फोरम नेपाल केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । दुई पार्टीबीच विभिन्न चरणमा भएका छलफलपछि फोरमका २ मन्त्रालय लिएर सरकारमा जान सहमत भएको हो ।
बालुवाटार स्रोतका अनुसार फोरमका मन्त्रीसहित चैत १ गते मन्त्रिमण्डल विस्तार हुने सम्भावना छ । फोरम सरकारमा आउने भएपछि एमाले र माओवादी केन्द्र थप मन्त्री सपथ हुन सकेको थिएन । फोरमले १ जना राज्यमन्त्री पनि मागेको छ ।
फोरमले पाउने मन्त्रालयको टुंगो भइसकेको छैन । फोरमले आफूलाई दुबै विकास सम्बन्धी मन्त्रालयको माग गरिरहेको छ । उसले भौतिक परियोजना र उर्जामध्ये एउटा, सहरी विकास र कृषिमध्ये एउटा मन्त्रालय मागेको छ ।
फोरमले यसअघि नै ओली सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । आज प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे निर्णय गर्न पार्टी बैठक बस्दै छ ।
अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपाल भने सरकारमा सहभागी हुनेबारे भने टुंगो भइसकेको छैन । राजपा सरकारमा जान इच्छुक छ र प्रधानमन्त्री ओली पनि मिलेसम्म सो पार्टीलाई सरकारमा ल्याउने पक्षमा छन् । तर माओवादी र एमालेभित्रै राजपालाई सरकारमा ल्याउनु हुन्न भन्ने मत ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: