फरवार्डले ६५ % लाभांश दिँदै, कहिले हुँदैछ एजीएम ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले पाँचौ वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले सभाका लागि चैत ४ गते बोलाएको छ । कम्पनीले उक्त सभामा ६५ प्रतिशत लाभांश दिने गर्ने विशेष  प्रस्ताव पेस गर्ने छन् । 

कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट शेयरधनीलाई चुक्तापुँजीको ५० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश प्रस्ताव साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।
प्रकाशित : Monday, March 12, 2018

recent

Popular Posts