सुनको मूल्य गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रति तोला ५७ हजार ६ सयमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ५७ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार २ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम गरेको छ।
प्रकाशित : Tuesday, March 13, 2018
,

recent

Popular Posts