×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गण्डकीले चैत १ देखि ३ लाख ५२ हजार कित्ता सेयर लिलामीमा बेच्दै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चैत १ गतेदेखि गण्डकी विकास बैंकले ३ लाख ५२ हजार ९०१.५० कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । बैंकले संस्थापक समूहको १ लाख ३० हजार ७१६.९० कित्ता र सर्वसाधारण समूहको २ लाख २२ हजार १८४.६० कित्ता सेयर लिलामीमा बेच्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी आवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद भने चैत ८ गतेसम्म तोकिएको छ । 
बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा गण्डकी विकास बैंकको केन्द्रीय कार्यालय चिप्लेढुंगा पोखरा तथा शाखा कार्यालयहरु खिचापोखरी काठमाडौं, विराटनगर, वीरगञ्ज, र बुटवल चौराहा शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ । हाल यो बैंकको चुक्ता पुँजी १ अर्ब ८४ करोड ३९ लाख २६ हजार रुपैयाँ छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: