गरिमाका केही संस्थापकले सेयर बिक्री गर्दै, कसले पाइन्छ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - गरिमा विकास बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयर खरिदका लागि गरिमाका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । 

इच्छुक सस्थापकले सूचना सार्वजनिक भएको मिति (फागुन २४ गते) देखि ३५ दिनभित्र गरिमाको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा आफूले खरिद गर्ने सेयर कित्ताको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ । 

यो अवधिमा संस्थापकले नकिनेमा भने सर्वसाधारणले पनि किन्न पाउनेछन् । सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने पनि बैंकले जनाएको छ । 
प्रकाशित : Thursday, March 08, 2018

recent

Popular Posts