सुनको मुल्यमा गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५७ हजार ७ सयमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ५७ हजार ४ सय मुल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार २ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३४ रुपैयाँ ५ पैसा कायम गरेको छ।
प्रकाशित : Friday, March 09, 2018
,

recent

Popular Posts