×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्रीन डेभलपमेन्ट बैंकको ४००% हकप्रद भर्ने म्याद बुधबार सकिदै, कहाँ जाने फारम भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – फागुन २३ गतेसम्म ग्रीन डेभलपमेन्ट बैंकको ४००% हकप्रद भर्ने म्याद रहेको छ । बुधबार कार्यालय समय भित्र यो हकप्रदमा आवेदन दिसक्नुपर्नेछ । 
ग्रीनले सुरुमा माघ २ गतेदेखि फागुन ८ गतेसम्म १ः४ अनुपातमा ४० लाख कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यसअवधिमा सबै हकप्रद बिक्री नभएपछि बैंकले १५ दिन समय थप गरेर फागुन २३ गतेसम्म पुर्याएको हो । 
बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स, बानेश्वर काठमाडौं र एनआइबीएल क्यापिटल, लाजिम्पाट काठमाडौंबाट सेयर भर्न मिल्नेछ । त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको प्रधान कार्यालय हरिशंकर रोड बाग्लुङ, गणेशटोल बेनी, सभागृह चोक पोखरा तथा लक्ष्मी बैंकका देशभरका अधिकांश शाखा कार्यालयबाट पनि सेयर भर्न पाइनेछ । आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिन्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: