×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

न्यायाधीश चोलेन्द्रशमशेरद्धारा सर्वाेच्चमा बिद्रोह, प्रधानन्यायाधीशको बेन्च बहिष्कार

काठमाडौं – न्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वाेच्च अदालतमा विद्रोह गरेका छन् । न्यायाधीश जवराले प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलास बहिष्कार गरेका छन्। प्रधानन्यायाधीश पराजुलीले आफुसँग सम्बन्धीत दुई मुद्दाको सुनुवाई गर्न पूर्ण इजलास बसालिरहेका बेला न्यायाधीश चोलेन्द्रशमशेरले इजालास बहिष्कार गरेका हुन् । अदालतको अवहेलनासम्बन्धी डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्धको मुद्दाको पूर्ण इजलासमा बहस भइरहेका बेला उनले बेन्च बहिष्कार गरेका हुन् ।
न्यायाधीश जबराले पराजुलीको कायम उमेर अनुसार उनले गत साउनमै अवकाश पाउनु पर्ने भन्दै अबदेखि उनको इजलासमा नबस्ने बताएका छन् । जवराले पनि प्रधानन्यायाधीशको जन्ममितिलाई नै प्रश्न बनाएर विद्रोह गरेका छन् ।
‍सोमबार बिहान इजलास सुरु हुनुअघि इजलास कक्षमा आएर राणाले भने–उहाँको जन्ममिति र शैक्षिक कागजात विवादित छन्। उहाँको उमेर अनुसार उहाँले गत साउनमै अवकाश पाइसक्नु पर्ने थियो। त्यसैले म अबदेखि उहाँसँग इजलासमा बस्ने छैन। जवराले साउनमा अवकास पाउनुपर्ने जिकिर गरेपनि त्यसयता भने उनीसँगै इजलासमा बस्दै आएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: