×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वडाध्यक्षले नै कुखुरा चोरेर मासु खाएपछि …. , निकाले यस्तो विज्ञप्ति

कालिकोट – कुखुरा चोरेर मासु खाएको भन्दै कालिकोटमा एक जना जनप्रतिनिधिलाई जनताहरुले लखेट्ने तयारी गरेका छन् ।
जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष दुर्गबहादुर केसी र वडा सदस्य रामबहादुर केसीलाई कुखुरो चोरीको आरोप लागेको छ ।
उनीहरूले गत फागुन ६ गते राति स्थानीय अर्जुन खत्रीको कुखुरो चोरी गरी काटेर मासु खाएको आरोप लगाएको हो ।
वडाध्यक्ष र सदस्यले कुखुरो चोरी गरेर खाएको भन्दै गाउँमा अहिले उनीहरूको राजीनामा मागिएको छ । स्थानीयले प्रेस विज्ञप्ति समेत निकालेका छन् । राजीनामा माग गरिएको प्रेस विज्ञप्तिलाई सार्वजनिकस्थलमा टाँसिएको छ ।
स्थानीयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको जिउधनको सुरक्षा गर्ने जनप्रतिनिधिहरूले कुखुरो चोरी गरेर खाएको प्रमाणित भएको छ । नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’
वडाध्यक्ष केसीले भने आफ्नो बेइज्जत गर्न झुटो आरोप लगाएको बताएको दाबी गरेका छन् । वडाध्यक्ष केसीले कुखुरा चोरी भयो भन्ने अर्जुन केसी, गणेश लुवार, वीर केसी र रामबहादुर केसी लगायतको टोलीले आफूसँगै खाजा खाएको स्वीकारेका छन् ।
केसीले सिपखानाका व्यापारीसँग अर्जुन केसीले किनेको ब्रोइलर कुखुरो छाडेर गएपछि गणेश लुवार र रामबहादुर केसीले पकाएर बोलाएपछि आफूहरूले मासु खाएको बताए । त्यहीकारण आफूहरूमाथि कुखुरा चोरीको आरोप लगाइएको वडाध्यक्ष केसीले बताए ।
‘खाजा खाँदा उनीहरूले एकाआपसमा विवाद गरेका थिए’, केसीले भने, ‘फरक पार्टीको भन्दै अन्य विवादका आफूलाई कुखुरो चोरीको आरोप लगाएका हुन् । मैले कसरी कुखुरो चोर्न सक्छु ?’
वडाध्यक्ष केसीले कुखुरा चोरेर खाएको विषयमा गाउँपालिकामा कुनै जानकारी नभएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।
राजीनामामा नदिए गाउँबाटै लखेट्ने स्थानीयबासीको चेतावनी छ । हेर्नुहोस् सथानीयको प्रेस विज्ञप्ति
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: