एनएमबि बैंकको अनलाइन इन्स्योरेन्स सेवा

काठमाडौँ - एनएमबी बैंकले सिङ्गापुरको अनलाईन प्रबिधिमा आधारित बीमा सेवा NMB-(i)nsurance को सुरुवात गरेको छ ।

बैंकिङ क्षेत्रमै पहिलो पल्ट गरिएको यो सेवाको सुरुवात सँगै अब एनएमबी बैंकमा खाता भएका वा नभएका जोसुकै गा्रहकले इन्सुरेन्स सेवा लिन चाहेमा बैंकको वेबसाइट वा मोबाइल बैंकिङ एप्लीकेशनबाट आफ्नो आवश्यकता अनुसार बिभिन्न कम्पनीहरुको बीमा योजना तथा त्यसका फाईदाहरु तुलना गरेर आफुले रुचाएको योजना खरिद गर्न सक्नेछन ।

सेवाको सुरुवात गर्दै एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी ले भन्नुभयो ः “यस सेवा ले ग्राहकलाई कसैको प्रभावमा नपरी स्वतन्त्र रुपमा आफ्नो आवश्यकता अनुसार बिभिन्न कम्पनी हरुको बीमा योजना सजिलै सँग तुलना गरेर खरिद गर्न सहयोग गर्नुको साथै बैंकलाई डिजिटल बैंकिङ सेवामा अग्र स्थानमा पु¥याउन मद्दत गर्दछ ।
प्रकाशित : Thursday, March 08, 2018

recent

Popular Posts