×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बैंकको साधारण सभा सुरु, के-के प्रस्ताव पेश गर्दै ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल बैंकको वार्षिक साधारण सभा नेपाल एपीएफ क्लब हलचोक, काठमाडौंमा शुक्रबार बिहान ११ देखि सुरु भएको छ । सभामा बैंकले एफपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । बैंकले नेपाल सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८०० रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको हो । एफपीओमा कति प्रिमियम थप्ने भने बैंकले खुलाएको छैन । 
साधारण सभाले एफपीओ प्रस्ताव अनुमोदन गरेपछि बैंकले प्रिमियम भाउ प्रस्ताव गरेर धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ । बोर्डले अध्ययन गरेरे स्वीकृति दिएपछि मात्र निष्कासन प्रकृया अघि बढ्नेछ । एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । यसैगरी, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । बैंकले नियामक निकायबाट कुनै विषयमा थप संशोधन गनुपर्ने निर्देशन आएमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि सभामा लैजाँदैछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: