×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एसियन लाइफले गर्यो ५०% हकप्रद भर्ने म्याद थप ? अब कहिलेसम्म पाइन्छ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एसियन लाइफ इन्सुरेन्सले ५०% हकप्रद भर्ने समय थप गरेको छ । इन्सुरेन्सले १४ दिन थप गरेर अब वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि एसियनले फागुन १३ देखि चैत १८ गतेको समय सीमा तोकेर ४० लाख २७ हजार ९६६.२० कित्ता सेयर बिक्री खुला गरेको थियो । यस समयसमा आवश्यकता अनुसार नबिक्ने भएपछि भर्ने म्याद थप गरिएको हो । 
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लगनखेल ललितपुर र पोखरा चिप्लेढुंगाबाट पनि भर्न सकिने सुविधा छ । त्यसैगरी, एसियन लाइफ इन्सुरेन्सको मुख्य कार्यालय मैतीदेवी काठमाडौंसहित अधिकांश शाखा कार्यालय र धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । 
बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन एसियनले हकप्रदको बाटो रोजेको हो । हाल एसियन लाइफको चुक्ता पुँजी ८० करोड ५५ लाख ९३ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि चुक्ता पुँजी १ अर्ब २० करोड ८३ लाख ८९ हजार रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: