के पाक्दैछ खिचडी ? पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउँदै

काठमाडौँ - पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासी नेपाल आउने भएका छन् । पाकिस्तानका प्रधानमन्त्री अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिने नाममा नेपाल आउने भएका हुन् ।

संसदको अधिवेशन शुरु हुने दिन फागुन २१ गते पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।

२१ फागुनमा नेपाल आउने पाकिस्तानी प्रधानमन्त्री दुई दिन नेपालमा रहने छन् । ओलीलाई बधाई दिन आउने अब्बासी पहिलो विशिष्ट विदेशी पाहुना हुन् ।
प्रकाशित : Friday, March 02, 2018
,

recent

Popular Posts