×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पोखरा फाइनान्सको सेयर लिलामीमा आउँदै, कहाँ जाने सेयर भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चैत १८ गतेदेखि पोखरा फाइनान्सले १ लाख ८० हजार ७०१.७४ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । फाइनान्सले संस्थापक समूहको ८० हजार ३४८.२७ कित्ता र सर्वसाधारण समूहको १ लाख ३५३.७४ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलामी भर्नुपर्नेछ । आवेदन दिने अन्तिम म्याद चैत २५ गतेसम्म छ । 
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंसहित शाखा कार्यालय लगनखेल ललितपुरबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी पोखरा फाइनान्सको पोखरा न्यूरोड शाखा र नेपाल इन्भेष्टमेन्टको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, बुटवल, नारायणगढ र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ । पोखरा फाइनान्सले केही समय अघि एफपीओ बिक्री गरी चुक्ता पुँजी ६५ करोड ५७ लाख ८८ हजार ४९२ रुपैयाँ पुर्याएको थियो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: