×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पोखरा फाइनान्स २१औं वर्षमा प्रवेश

पोखरा लेखनाथ महानगरपालिका न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड २१औं वर्षमा प्रवेश गरेको छ । २१औं वर्ष प्रवेशको उपलक्ष्यमा संस्थाले प्रधान कार्यालयको प्रांगणमा रक्तदान कार्यक्रम आयोजना गरेको बताइएको छ । रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेको प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।
२१औं वर्ष प्रवेशकै अवसरमा संस्थाले वित्तीय साक्षरता एवं सफा नोट अभियान सम्बन्धी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । पोखराको बिरौटा क्षेत्र वरपर बित्तीय साक्षरता जगाउन यो प्रभातफेरी गरिएको हो । संस्थाले बार्षिकोत्सवकै अवसरमा उत्कृष्ट शाखा तथा दीर्घसेवा पदकबाट कर्मचारीलाई सम्मान गरेको छ भने स्मार्ट मोवाइल बैंकिé सेवाको समेत थालनी गरेको जनाइएको छ ।
चुक्ता पुँजी ८० करोड कायमको लागि संस्थाले हालै १५ प्रतिशत हकप्रद निष्कासन गरिसकेको छ भने शाखा सञ्जाल विस्तार अन्तर्गत भैरहवा एवं वेसीशहरमा शाखा विस्तार गरेको र निकट भविष्यमा नारायणगढमा समेत शाखा विस्तार गरिने प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: