प्रभु बैंकको ४०% हकप्रद भर्ने आज अन्तिम म्याद

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - प्रभु बैंकको ४०% हकप्रद भर्ने बुधबार अन्तिम दिन हो । आज कार्यालय समय भित्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । प्रभुले माघ ७ गतेदेखि फागुन १३ गतेको समयसिमा तोकेर १०ः४ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यस अवधिमा आवश्यक मात्रमा आवेदन नपरेपछि सेयर भर्ने म्याद १० दिन थप गरेर फागुन २३ गतेसम्म पुर्याएको हो ।

बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौं र प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौं तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । 
प्रकाशित : Wednesday, March 07, 2018

recent

Popular Posts