×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभु बैंकका बागलुङ र कास्कीमा एकै दिन दुई शाखा सञ्चालनमा

काठमाडौँ – संघीय संरचनाअनुसार तीब्र रुपमा शाखा विस्तार गरिरहेको प्रभु बैंकले एकै दिन दुई शाखा विस्तार गरेको छ ।
बैंकले दिएको जानकारीअनुसार बागलुङको बरेङ्गगाउँपालिकामा १ र कास्कीजिल्लाको माछापुच्छे« गाउँपालिकामा १ मा नयाँ शाखा संचलानमा आएका हुन् । बरेङ्ग गाउँपालिकाको शाखा सोही गाउँपालिकाकी अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्घाटन गरेकी हुन् ।
त्यसैगरी कास्कीको छापुच्छ्रे गाउँपालिकाको शाखा सोही गाउँपालिका उपाध्यक्ष सुष्माकुमारी दबाडीले उद्घाटन गरेका छन् । शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक पार्टीका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघकापदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीयव्यापारी, बुद्धिजिवीलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
नयाँ शाखाबाट शुक्रबारदेखि नै स्थानीयतहका सेवाग्राही, सर्व साधारणहरु, फर्म, कम्पनीतथा संघसंस्थाहरुले बैंकको गुणस्तरीय सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ । दुवै गाउँपालिकको समग्र आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: