×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१२.५०% बोनसमा मूल्य समायोजनपछि प्राइम लाइफको कतिमा खुल्यो सेयर कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्राइम लाइफ इन्सुरेन्सको १२.५०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि प्राइम लाइफको सेयर प्रतिकित्ता ५५१ रुपैयाँ ११ पैसा रहेको छ । कम्पनीले उक्त मूल्यलाई आधार मानेर बुधबार सेयर कारोबार खुला भएको छ । प्राइमको औसत आधार मूल्य भने ७२६ रुपैयाँ ७९ पैसा रहेको छ । 
प्राइम लाइफले हालैमात्र १६०% हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीको १२.५% बोनस सेयर दिने घोषणा गरेको हो । अहिले कायम पुँजीको ३२.५% भए पनि बिक्री खुला भइरहेको १६०% हकप्रद भर्नेले समेत बोनस पाउने हुँदा वास्तविक बोनस दर १२.५% हुन गएको हो । प्राइमले आइतबार (फागुन २७ गते) देखि १६०% हकप्रद सेयर बिक्री खुला गरिरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: