बोक्सीको आरोपमा राधा कुटिदा रमिते बनेका मेयरलाई जनकारवाही गर्ने नेकपाको चेतावनी

काठमाडौं - राधा चौधरी बोक्सीको आरोपमा निरन्तर कुटिदा रमिते दर्शक बनेका मेयर ममताप्रसाद चौधरीलाई जनकारवाही गर्ने नेकपाले चेतावनी दिएको छ । बोक्सीको आरोपमा चौधरी कुटिदा घोडाघोडी नगरपालिकाका मेयर घटनास्थल पुगेका थिए । तर उनले कुनै प्रतिक्रिया नजनाई त्यहाँबाट हिडेको स्वीकार गरिसकेका छन् ।

युवतीमाथी निर्धात कुटपिट गर्ने रामबहादुर चौधरी उर्फ भोलेबाबालाई प्रहरीबाट छुटाएको आरोप पनि मेयरमाथी लागेको छ । मेयरले आफनो कार्य कुसलतापूर्वक नगरेको भन्दै एमालेले पनि कारवाहीको तयारी गरिरहेका बेला विप्लव नेतृत्वको माओवादीले जनकारवाहीको चेतावनी दिएको छ ।

‘गैरजिम्मेवार अभिब्यक्ति दिने भ्रष्ट मेयर ममताप्रसाद चौधरी र जनप्रतिनिधिहरुलाई राजीनामा दिन आग्रह गर्दछौ’ नेकपाद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ‘राजीनामा नदिए जनकारवाही गर्न बाध्य हुनेछौ ।’ राधा चौधरीलाई निर्धात कुटपित गर्ने कथित भोलेबाबा र पार्वती चौधरीलाई तत्काल कारवाही गर्न र रमिते बनेकालाई पनि कारवाही गर्न नेकपाले सरकारसँग माग गरेको छ ।
प्रकाशित : Monday, March 12, 2018

recent

Popular Posts