×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्रीको निर्देशनले आइजीको मुख न्याउरो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

गृहमन्त्रीको निर्देशनले आइजीको मुख न्याउरो

काठमाडौं – गृहमन्त्री नियुक्त हुनासाथ पहिलो पटक प्रहरी प्रधानकार्यालय पुगेका रामबहादुर थापा ‘बादल’लाई स्वागत गर्दै गर्दा आइजी प्रकाश अर्यालको अनुहार अँध्यारो भयो । बाम गठबन्धनको सरकार आएपछि आफूलाई असजिलो पर्ने जानकार रहेका आइजी अर्याललाई ब्रिफिङको शुरूमै गृहमन्त्री थापाले प्रहरीका हाकिमहरू मर्यादामा बस्न सुझाएका थिए ।
आफूले धेरै विषय नजाने पनि व्यक्तिगत रिसइवी राखेर कोही कसैप्रति पूर्वाग्रह राख्ने नेतृत्व तहले काम गर्न नहुने भन्दै अर्याललाई लक्षित गरेर मर्यादामा बस्न थापाको निर्देशन पछि अर्यालको अनुहारको चमक हरायो । 
प्रहरी नेतृत्वको प्रतिशोधपूर्ण व्यवहारबाट जानकार रहेका गृहमन्त्री थापाले त्यसो भन्दै गर्दा आइजीपी अर्यालको साइडमा रहेका अन्य अधिकृत भने मुसुमुसु हाँसे । आइजीपी अर्यालसँग असन्तुष्ट देखिएका गृहमन्त्री थापाले विगतका सहयात्री विप्लव माओवादीलाई अराजनीतिक चरित्र बोकेको समूहको रूपमा चित्रण गर्न भ्याए । विप्लव माओवादीको नाम नलिइ अहिले राजनीतिका नाममा जे गतिविधि भएका छन् ती सबै अराजनीतिक भएकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीले विशेष योजना बनाउन निर्देशन दिँदै सो निर्देशन नमान्ने हो भने प्रहरी संगठनका अधिकारीले त्यसको जिम्मेवारी लिनुपर्ने चेतावनी सम्म दिए ।
उनी मन्त्री भएको तीन दिनपछि विल्पवको घरमा प्रहरीले पक्राउ पूर्जी टाँस गरेको थियो । पक्राउ पूर्जी टाँस गरेकै दिन प्रहरी प्रधानकार्यालय पुगेका गृहमन्त्री थापा विल्पवप्रति मात्र आक्रोशिसत भएनन् प्रहरी नेतृत्वलाई समेत आफ्नो मर्यादामा बस्न निर्देशन दिए । ‘मुलुकको शान्ति सुरक्षालाई असन्तुलित बनाउने, हिंसा चाहने, राजनीतिका नाममा चन्दा असुुली गर्ने र विकासप्रति नकारात्मक बन्ने तत्व सक्रिय रहेका छन्’, गृहमन्त्री थापाले भने, ‘देशभित्र र बाहिरका केही शक्तिले परिवर्तनको विरोध गरेका छन, केही पश्चिमा शक्ति नेपालको परिवर्तन प्रति असन्तुष्ट छन् हिंसा चाहने शक्तिले टाउको उठाउन खोजेका छन्, नयाँ सुरक्षा रणनीति अपनाएर हिंसा चाहने शक्तिसँग मुकाविला गर्न सक्नुपर्छ, त्यसका लागि प्रहरी संगठन तयार रहनुपर्छ ।’ 
यदि त्यसो नहुने हो भने नेतृत्वबाट हट्न हटाउनसम्म सकिने भन्न भ्याएका थिए, थापाले । विप्लव माओवादीका तर्फबाट जनसरकार ब्यूँताउने लगायतका कार्यक्रमहरू अघि सारेको थियो भने आइतबार विद्यार्थी संगठनको नाममा शैक्षिक हड्ताल गरिएको थियो । जिल्ला अदालत भोजपुरले पक्राउ गर्न आदेश दिए बमोजिम कार्यन्वय गर्नलाई विप्लवको घरमा पक्राउ पूर्जी टाँसिएको छ । विलप्वको घर रूपन्देहीको शिवराज नगरपालिकामा पर्छ । सरकारले विप्लवको घरमा पक्राउ पूर्जी टाँस गरेपछि प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जारी गरेको विज्ञप्तिमा सरकारले चोरलाई चौतारा, साधुलाई सुली गर्ने हो भने जनअदालतमा रहेका मुद्दाहरू ब्यूताउँने र ओली र प्रचण्डकै घरमा वारेन्ट पूर्जी टाँस्ने प्रतिक्रिया दिएका थिए । 
गृहमन्त्रीले सो विषयमा प्रहरीको सुचना स्रोत निकै कमजोर रहेको भन्दै घुमाउरो पाराले अहिलेको नेतृत्व असफल भएको संकेत गरेका थिए । त्यसपछि गृहमन्त्री थापाले प्रहरी प्रधानकार्यालयमा प्रहरी अधिकृतहरूलाई निर्देशन दिदै मुलुकको शान्ति सुरक्षा गर्ने जिम्मेवारी प्रहरीको भएको बताए । विप्लव माओवादीलाई लक्षित गर्दै गृहमन्त्री थापाले उनीहरू कस्ता अपराधी हुन् भन्नेबारे सोचेर सरकारले कदम चाल्ने बताउँदै त्यसैअनुसार तयार रहन प्रहरीलाई निर्देशन दिएका थिए । ‘तिनीहरू राजनीतिक शक्ति हुन् या होईनन् भन्ने चिनेर कदम चाल्नुपर्छ’, थापाले भनेका थिए । प्रहरी अन्धाधुन्द चलेको आभाष हुन्छ भन्दै संगठन प्रमुखप्रति असन्तुष्टि राखेका गृहमन्त्री थापाले प्रहरी संगठन कसैको आग्रह पूर्वाग्रहमा चल्ने संगठन होइन भन्दै मर्यादा बस्नुपनि निर्देशन दिएका थिए ।
उनले सरूवा बढुवामा धेरै चलखेल नगर्न र कानुनअनुसार सरूवा बढुवा हुने बताउदै नेताहरूको घरमा नधाउन पनि निर्देशन दिए । गृहमन्त्री थापाले विफ्रङ लिएपछि प्रहरी महानीरिक्षक प्रकाश अर्याल विहिबारदेखि पाँच दिन बिदामा बसेका छन् । कर्मचारी प्रशासन एवं मानवस्रोत विभागले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद गौतमलाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा गर्न पर्ने भन्दै उनको बढुवा फाइल उठाएपछि उनी विदामा बसेको स्रोतले जनाएको छ । 
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार बुधबार बिहानैदेखि बिदामा बस्न लागेका अर्याल नवनियुक्त गृहमन्त्री थापाको आकस्मिक प्रहरी मुख्यालय निरीक्षणको कार्यक्रम तोकिएको कारण त्यसदिनको विदालाई विहिबार बनाएर सोमबारसम्म विदा बसे । अर्यालनिकट स्रोतका अनुसार चार दिन बिदा र यो बीचमा हुने चार दिनको सार्वजनिक बिदासमेत जोड्दा जम्मा ८ दिनपछि हाजिर हुने कार्यक्रम तय भएको छ । 
एसएसपीको ५५ वर्षे उमेर हदका कारण यही २३ फागुनमा अनिवार्य अवकाश पाउन लागेका एसएसपी गौतमलाई बढुवा गर्नुपर्ने भएपछि उनी विदामा बसेका हुन् । आइजिपी अर्यालसँगै २९ चैत ०४४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका गौतम यही २३ फागुनमा ५५ वर्ष पुग्दै छन् । प्रहरी नियमावलीअनुसार एसएसपीको उमेर हद ५५ वर्ष र पदावधि ६ वर्ष कायम छ । ‘बढुवा भए पनि एक महिनामै अवकाशमा जानेलाई किन बढुवा गर्नुप¥यो ? कोही कसैलाई पूर्वडिआइजी बन्न मन लाग्यो भन्दैमा राज्यकोषलाई भार पार्ने गरी जथाभावी निर्णय गर्ने ?’ आक्रोश पोख्दै प्रहरी मुख्यालयका एक डिआइजीले भने, ‘अवकाशको मुखमा रहेको प्रहरी नेतृत्वले बढुवा लगायतका दीर्घकालीन महत्वका निर्णय गर्न पाउँदैन ।’ गौतम आगामी २३ फागुनभित्र डिआइजीमा बढुवा नभए एसएसपीबाटै स्वतः अवकाश पाउनेछन् भने डिआइजी भएको खण्डमा आगामी २८ चैतमा ३० वर्षे सेवाहदका कारण आइजिपी अर्यालसँगै स्वतः अवकाश पाउनेछन् । – जनप्रहार साप्ताहिकबाट 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: