×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रसुवागढी हाइड्रोपावरको आइपिओ भर्ने बुधबार अन्तिम दिन, यस्ता छन् फारम भर्ने ठाउँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रसुवागढी हाइड्रोपावर कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुलाई बिक्री खुला गरेको आइपीओमा भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले फाल्गुन ११ गते गते देखि फाल्गुन ३० गते सम्मको लागि आइपिओ निस्कासन गरेको हो । 
रसुवागढीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १ करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर बिक्री खुल्ला गरेको छ । रसुवागढीमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेसम्म बहाल र त्यसपछि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको २०७४ पुस २० गते सम्ममा थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीले हाल निष्कासन गर्न लागिएको सेयरमा आवेदन दिन सक्नेछन् । 
रसुवागढीको सिद्धार्थ क्यापिटल हो । लगनीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: