×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिलायन्स फाइनान्सको चैत १ देखि सेयर लिलामीमा आउँदै, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रिलायन्स फाइनान्सले कुल ६ लाख ५२ हजार ९४०.६० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको ५ लाख ४२ हजार ३१४.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख १० हजार ६२६.०८ कित्ता सेयर लिलामी गर्न लागेको हो । लिलामीमा चैत १ देखि चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ । लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र संस्थापकतर्फ न्यूनतम १००० कित्तादेखि अधिकतम सबै सेयरका लागि आवेदन दिन सक्नेछन् । 
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंलगायत सनराइज बैंकका विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट पनि लिलामी भर्न सक्ने व्यवस्था छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: