रिलायन्सको बिहीबारदेखि सेयर लिलामी खुल्दै, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - चैत १ गतेदेखि रिलायन्स फाइनान्सले ६ लाख ५२ हजार ९४०.६० कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको ५ लाख ४२ हजार ३१४.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख १० हजार ६२६.०८ कित्ता सेयर लिलामी गर्न लागेको हो । लिलामी सेयरमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र संस्थापकतर्फ न्यूनतम १००० कित्तादेखि अधिकतम सबै सेयरका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं लगायत सनराइज बैंकका विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट पनि लिलामी भर्न सक्ने व्यवस्था छ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । 
प्रकाशित : Tuesday, March 13, 2018

recent

Popular Posts