×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साल्ट ट्रेडिङ कर्पोरेसनले १०% नगद लाभांश खातामै पठाउने

काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेसनले १०% नगद लाभांश सेयरधनीहरुको बैंक खातामै पठाउने भएको छ । कर्पोरेसनले डिम्याट खाता अनुसार बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मात्र नगद खातामा पठाउने भएको छ । हालसम्म सेयर डिम्याट नगरेका र डिम्याट खाता खोल्न समेत बाँकी रहेका सेयरधनीले भने नगद लाभांश पाउन पहिला डिम्याट खाता खोल्नुपर्नेछ । त्यसपछि डिम्याट खातालाई बैंक खातामा अद्यावधिक गराउनुपर्नेछ । 

सेयर धितो राखी कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र पेश गरेपछि मात्र नगद खातामा पठाइने साल्ट ट्रेडिङले जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको फागुन २२ गते बसेको ५१ औं वार्षिक साधारण सभाबाट पारित भएको १०% नगद लाभांश लगानीकर्ताहरुको खातामा नै पठाउन लागिएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: