×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी चार सांसदले शपथग्रहण लिन नपाउने, यस्तो छ भित्री कुरा

काठमाडौँ – संघीय संसद् र राष्ट्रियसभाका सांसदहरु आज हुने शपथ ग्रहण समारोहमा उपस्थितिका लागि ब्यग्र प्रतीक्षामा छन् । दिउँसो चार बजे प्रतिनिधिसभाको र पाँच बजे राष्ट्रियसभाको शपथग्रहण समारोहमा सहभागी हुन यतिबेला ‘माननीय’हरु अन्तिम तयारी गरिरहेका छन् । तर प्रतिनिधिसभा र राष्ट्रियसभाका केही यस्ता अनुहारहरु छन्, जसले आजको ऐतिहासिक शपथग्रहण समारोह गुमाउनेछन् ।
  
आज हुने शपथग्रहणमा फरार अवस्थामै उम्मेदवारी दिएर कैलाली १ बाट विजयी रेशम चौधरी उपस्थित हुने छैनन् । टीकापुर हत्या काण्डका मुख्य योजनाकार मानिने चौधरीले केही दिनअघि मात्रै कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । फौजदारी अभियोग लागेका चौधरी यतिबेला पुर्पक्षका लागि थुनामा छन् ।
प्रहरीको फरार सूचीमै रहेका सांसद् नवराज सिलवालले भने आज शपथ लिनेछन् । संघीय संसद् सचिवालयका प्रवक्ता डा। भरतराज गौतमका अनुसार, सिलवालमाथि लागेको सरकारी कागजात कीर्ते आरोपसम्बन्धी पत्रको औपचारिक पत्र सचिवालयलाई प्राप्त भएको छैन । फरार सूचीमा रहेका सांसद् सिलवाल शनिबार एमाले(माओवादी सांसद्लाई दिइएको प्रशिक्षणमा समेत सहभागी भएका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वले राष्ट्रियसभामा सदस्यका लागि गरेको सिफारिस केपी ओली नेतृत्वको सरकारले उल्ट्याएपछि मनोनित ३ सांसदको शपथ पनि अन्योलमा छ । ओली सरकारको सिफारिसमा राष्ट्रपतिले डा। युवराज खतिवडा, डा। विमला पौडेल राई र रामनारायण बिडारीलाई मनोनित गरे पनि यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ । संयोगवश सर्वोच्चले यसको सुनुवाइ आज गर्दैछ ।
राष्ट्रियसभाका ३ र प्रतिनिधिसभाका १ सांसदको शपथ नहुने भए पनि प्रतिनिधिसभाका २७४ र राष्ट्रियसभाका ५६ सांसदले भने आज शपथ ग्रहण समारोहमा भाग लिँदैछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: